निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाएको ओलीको दावी – Nepal Press

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाएको ओलीको दावी

सूर्य चिन्ह हामीसँगै छ,बहुमत हामीसँगै छ

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका छन् ।

प्रवासी नेपाली मन्चका कार्यकर्ताले सूर्य चिन्ह कसले पाउँछ भनी गरेको प्रश्नको जवाफ दिदै ओलीले भने, ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो,म पार्टीको अध्यक्ष हुँ । एक दुई जना मान्छे जादैमा सूर्य कहिँ जादैन । सूर्य चिन्ह हामीसँगै छ,बहुमत हामीसँगै छ । चुनावै हुँदैन चाहिदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’
ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता हिजो फिर्ता पठाएको बताए । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको,प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर