बालिका हत्या आरोपमा पक्राउ


रुपन्देही । कपिलवस्तुमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका वडा -३ मदवा घर भएकी १६ वर्षीय दिपा रोकको हत्या गरेको अरोपमा शिवराज नगरपालिका -४ बस्ने २० वर्षीय अल्ताफ बढाईलाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवाद गरेकोले बालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
घटनास्थलमा वढईको पर्स भेटिएको र बालिकाको मोवाइल युवकसँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताए । गत पुस ११ गतेबाट सम्पर्कबिहीन भएकी रोकाको शव दुई दिनपछि जवाई खोलामा फेला परेको थियो ।