प्रचण्ड–माधवलाई शंकर पोखरेलको आग्रह–कारबाही गरेका छैनौं, आउनुस् चुनावमा जाउँ – Nepal Press

प्रचण्ड–माधवलाई शंकर पोखरेलको आग्रह–कारबाही गरेका छैनौं, आउनुस् चुनावमा जाउँ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई केपी ओलीको नेतृत्वमा एकजुट भएर चुनावमा जान आह्वान गरेका छन् । शुक्रवार दाङमा आयोजित गणतन्त्र दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले प्रतिनिधिसभा पुनर्स्थापना नहुने भएकाले नहुने बाटोमा नहिंड्न समेत आग्रह गरे ।

पोखरेलले भने ,‘फेरि पनि म भन्छु कमरेड प्रचण्ड र माधव नेपाल आउनुस्,प्रथम अध्यक्षको हैसियतमा केपी ओलीले कसैलाई कारबाही गर्नुभएको छैन । अहिले पनि केपी ओलीको नेतृत्वमा प्रचण्ड पनि हुनुहुन्छ,माधव नेपाल पनि हुनुहुन्छ । बरु उहाँहरुले केपी ओलीलाई कारबाही गर्नुभयो । यसले एकताको पक्षमा को रहेछ भन्ने देखियो ।’

पोखरेलले प्रचण्ड–माधव पक्षले केपी ओलीविरुद्ध देशभर घृणा प्रकट गर्दै हिंडे पनि त्यसको ठिक उल्टो ओलीप्रति सम्मानको बाढी आउन थालेको दाबी गरे । उनले यो अभियान शुरु मात्र भएको भन्दै प्रचण्ड माधव नेपालले पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै अझै पनि मिल्ने ठाउँ बाँकी रहेको बताए ।

पोखरेलले भने,‘नचाहिंदो काम नगर्नुस्। पार्टी एकतालाई कमजोर पार्ने काम फिर्ता लिनुस् । फेरि पनि चुनावमा जाने हो पार्टी एकता सम्भव छ । भाँचिएका मन जोड्न सकिन्छ । एकजुट भएर चुनावमा जाउँ, सम्भव छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर