राष्ट्रियसभामा वामदेवको पहिलो इन्ट्री हुँदै, प्रचण्ड भेट्न पुगे खुमलटार – Nepal Press

राष्ट्रियसभामा वामदेवको पहिलो इन्ट्री हुँदै, प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई भेट्न आज पुनः खुमलटार पुगेका छन् । प्रचण्डको आग्रहमा गौतम खुमलटार पुगेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले गौतमलाई आफ्नो पक्षमा खुल्न दबाब दिइरहेको छ । पार्टी विभाजनयता प्रचण्ड–माधव नेपाल र केपी ओली दुवै पक्षमा नखुलेका गौतम नेकपा एकताको पक्षमा क्रियाशील छन् । उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने तर्क गर्दै आएका छन् ।

गौतमपत्नी ओली पक्षधर नेकपाको केन्द्रीय सदस्य मनोनित भए पनि उनी सपथग्रहणमा गएकी छैनन् ।

राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम आज संसद अधिवेशनको पूर्वसन्ध्यामा खुमलटार पुगेका हुन् । गौतम राष्ट्रियसभा सदस्य भएपनि सांसदका रुपमा उनको आजको बैठकमा पहिलो प्रवेश हुनेछ । राष्ट्रियसभामा गौतमको यो पहिलो इन्ट्री हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर