आजबाट अंग्रेजी नयाँ वर्ष शुरु – Nepal Press

आजबाट अंग्रेजी नयाँ वर्ष शुरु

काठमाडौं । आज इस्वी संवत् अनुसार २०२१ को पहिलो दिन अर्थात् जनवरी १ । गेग्रोरियन पात्रोअनुसार चल्ने सबै देशमा आज नयाँ वर्ष मनाइँदैछ ।

इसाइ धर्मका सूत्रधार जिसस क्राइस्टको सम्मानमा उनका अनुयायीले यो संवत् प्रचलनमा ल्याएको बताइन्छ ।

नेपालमा विक्रम संवत् आधिकारिक भए पनि अंग्रेजी नयाँ वर्षमा पनि चहलपहल बाक्लै हुने गरेको छ । नयाँ वर्षमा इसाइ धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने चलन छ ।

मुख्य गरी पर्यटकीय क्षेत्रहरुमा नयाँ वर्षको रौनक बढ्ने गर्छ । विगतका वर्षहरुमा काठमाडौंको ठमेल, दरबारमार्ग, पोखरा, मनाङ, चितवनलगायतका ठाउँमा विशेष कार्यक्रमसहित नयाँ वर्ष मनाइने गरे पनि यस वर्ष कोरोना महामारीबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डका कारण भीडभाड कम भए ।

नयाँ वर्षकाे अवसरमा विश्वभरका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर