प्रदेश १ सरकारको चाबी बोकेको कांग्रेस केन्द्रको निर्देशन पर्खिंदै – Nepal Press

प्रदेश १ सरकारको चाबी बोकेको कांग्रेस केन्द्रको निर्देशन पर्खिंदै

इटहरी । प्रदेश १ मा काङ्ग्रेस नेतृत्वमा प्रदेश सरकार बन्नसक्ने संकेत मुख्यमन्त्री शेरधन राईले गरेपछि काङ्ग्रेस वृत्तमा चर्चा र चासो सुरु भएको छ ।

प्रदेश १ मा ओली पक्ष वा प्रचण्ड–माधव पक्ष जस्को सरकार बने पनि काङ्ग्रेसको सहयोग अपरिहार्य छ। दुवै पक्षलाई अपरिहार्य भएको काङ्ग्रेस के गर्दैछ ? भन्ने नेपाल प्रेसको प्रश्नमा प्रदेश १ का काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने– राजनीति सम्भावनाको खेल हो। हामी केन्द्रीय समितिको निर्देशन कुर्दैछौं।

काङ्ग्रेसको प्रदेश समिति नभएको र सदन पनि सुरु नभएकोले अहिले नै अन्तिम निर्णयमा नपुगेको कोइरालाले बताए। ओली सरकारले प्रतिनिधिसभा विघटन गरेको मुद्दामा काङ्ग्रेसले विरोध गरेकोले अहिले नै सरकार बनाउने कुरामा औपचारिक छलफल नभएको कोइरालाले बताए।

९३ सदस्य प्रदेशसभाको दोश्रो ठूलो दल काङ्ग्रेसका २१ सांसद छन् । जसपाका ३ तथा राप्रपा र लिम्बुवानका १–१ सांसद छन्। विभाजित नेकपामा ६७ छन् । तीमध्ये अन्तिममा कसको पक्षमा कति जना उभिन्छन् भन्ने टुंगो छैन । केही सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर