उखुको पैसा नतिरेका चिनी मिल संचालक अग्रवाल पक्राउ – Nepal Press

उखुको पैसा नतिरेका चिनी मिल संचालक अग्रवाल पक्राउ

जनकपुर । प्रहरीले लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको अपराध महाशखाको पत्राचारपछि प्रदेश प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । आजै आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने प्रदेश प्रहरीले जनाएको छ ।

अग्रवालले उखु किसानको करिब १७ करोड रुपैयाँ भुक्तानी नगरेको बताइएको छ । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले अग्रवाललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *