राष्ट्रियसभा भोलि दिउँसो चार बजे, पहिलो बैठक कार्यसूचीले भरिपूर्ण – Nepal Press

राष्ट्रियसभा भोलि दिउँसो चार बजे, पहिलो बैठक कार्यसूचीले भरिपूर्ण

काठमाडौं । प्रतिनिधिसभा विघटित भएको अवस्थामा बस्न लागेको राष्ट्रियसभाको पहिलो बैठक भोलि दिउँसो चार बजे बस्ने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभाको सातौं अधिवेशन आह्वन गरेपछि राष्ट्रिय सभाको पहिलो बैठक बस्न लागेको हो ।

के छन् कार्यसूची ?

बिहीबार वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।

अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुले सुरुमै मन्तव्य व्यक्त गर्ने छन् ।

बैठकको कार्यसूचीमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित हुने छ।

अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र केही अध्यादेशहरु पनि पहिलो बैठकका कार्यसूची छन् ।

त्यस्तै थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पनि बैठकमा पेस हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर