शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा) – Nepal Press

शान्ति महर्जनको योमरी इतिहास (भिडियो कथा)

नेपाल प्रेस २०७७ पुष १५ गते १६:४५
२०७७ पुष १५ गते १६:४५

काठमाडौं । योमरी पुन्हि नेवा समुदायको विशेष पर्व । मार्ग शुक्लपूर्णिमाको दिन मनाइने यो पर्वमा विशेष परिकार योमरी बनाएर खाने प्रचलन प्राचीनकालदेखि चलिआएको छ ।

पछिल्लो समय व्यावसायिक रुपमै योमरी बनाइन्छ । तर यसको सांस्कृतिक र परम्परागत पक्ष के हो भने–जाडो बेलामा मात्र योमरी बन्छ । यसले शरीरलाई तागत र तातो दुवै दिन्छ भन्ने मान्यता छ ।

नेपाल प्रेस टिम योमरी पुन्हिको अवसरमा काठमाडौंको बसन्तपुर पुग्दा शान्ति महर्जन परम्परागत रुपमा योमरी बनाइरहेकी भेटिइन् । योमरीको इतिहास र इतिवृत्तान्त उनले कसरी सुनाइन् ? त्यसका लागि यो भिडियो कथा सुन्न र हेर्न सकिन्छ ।