ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन् – Nepal Press

ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

काठमाडौं । नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु सदनबाट सडकमा पुगेको भन्दै अब जेलको बास हुने चेतावनी दिएका छन् ।

कार्की पार्टी पार्टी प्यालेसमा आयोजित ओली पक्षधर नेकपाको सुदूरपश्चिम प्रादेशिक भेलाको उद्घोषक रहेका महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्चमा बोलाउँदै प्रचण्ड–माधव नेपालविरुद्ध कटाक्ष गरेका हुन् ।

ओलीलाई राजनेताको सम्बोधन गर्दै महरले भने,‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’

प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताए ।

उनले भने, ‘प्रचण्डपथको सिद्धान्त भनेकै धक्का, महाविपत्ति अनि छलाङ हो । त्यो कुरा लेखराज भट्टहरुले बुझेर उहाँहरु आज हामीसँग हुनुहुन्छ । प्रचण्डले अहिले महाविपत्ति ल्याएका छन् तर छलाङ हान्न दिइदैन,जेलका काला कोठरीमा पुर्याउछौं ।प्रचण्ड पथले नेकपा सिध्याएको छ । हामी केपी विरुद्धका कुनै पनि अरोप सहन सक्दैनौं ।’

 

 


प्रतिक्रिया

One thought on “ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

  1. हेर्दा धोका केपि बाट भएको बुझिन्छ लेखराज भट्ट,बादल,प्रभु शाह इत्यादी सब औसरबादी धोकेवाज हुन केपि जस्तै

Leave a Reply to nimalama Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर