झलनाथको आरोपः ओलीले संविधानमाथि बलात्कार गरे, उखानटुक्काले देश चल्दैन – Nepal Press

झलनाथको आरोपः ओलीले संविधानमाथि बलात्कार गरे, उखानटुक्काले देश चल्दैन

काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उक्त समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्धको सभामा बोल्दै उनले भने– नेकपालाई जनताले बहुमत दिएका हुन्, ओलीलाई दिएको होइन । तर उहाँले त्यस्तै व्यवहार गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान र जनविरोधी काम गरेको भन्दै उनले जनप्रतिरोध गर्ने बताए । आफूहरुको नेकपा नै आधिकारिक भएको दाबी गर्दै उनले भने– जनताले दिएको बहुमत केपी शर्मा ओलीको होइन, नेकपाको हो, यसमाथि अपहेलना गरेर जुन कदम केपी ओलीले लिनुभएको छ, यसकाे प्रतिरोध जनताले गर्नेछन्, सूर्य चिह्न हाम्रो हो, हामी नै आधिकारिक हौं ।

ओलीविरुद्ध आक्रामक ढंगमा प्रस्तुत भएका खनालले उखानटुक्काले देश नचल्ने बताए ।


प्रतिक्रिया

One thought on “झलनाथको आरोपः ओलीले संविधानमाथि बलात्कार गरे, उखानटुक्काले देश चल्दैन

  1. How do you know me, girl? He asked, his voice caked with venom. There was movement from the curtains and the throng of vamps seemed to cry out as one, in a sound of pure surprise. My head turned towards the figure of a young man. He looked like an angel, dressed in white and gold, but whether that was because he caused Petrel to stop or the flickering candlelight from the sconces above us, I couldn’t say. erodate.us

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर