एभरेष्ट होटलमा माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता – Nepal Press

एभरेष्ट होटलमा माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता

काठमाडौं । नेकपा विभाजन रोक्ने प्रयासका लागि चीनिया राष्ट्रपतिको सन्देश लिएर काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले विभाजित नेकपाका दुबै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरेको छ ।

आज विहानै प्रचण्ड निवास खुमलटारमा पुगेको टोली माधव नेपाललाई भेट्न नयाँ बानेश्वरको एभरेष्ट होटलमा पुगेको थियो ।

डेढ घण्टा लामो छलफल सकेर चिनियाँ टोली एभरेस्ट होटलबाट बाहिरिएको छ । भेटमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि सहभागी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर