प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच बालुवाटारमा भेट – Nepal Press

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच बालुवाटारमा भेट

काठमाडौं । सत्ता र पार्टीको संकट चुलिएका बेला बिभाजित नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

चीनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागसम्बन्धी उपमन्त्री गुओ येझाउको नेतृत्वमा हिजाे आइतबार काठमाडौं ओर्लिएको टोलीले हिजै सुरुमा राष्ट्रपति बिद्यादेवी भण्डारी र साँझ प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो ।

आज पार्टीका अन्य नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरुसँग भेटवार्ताको कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर