बुटवल अस्पतालको आईसीयूबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिए – Nepal Press

बुटवल अस्पतालको आईसीयूबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिए

रुपन्देही । आइतबार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिएका छन् ।

शौचालय जान निस्केका बिरामी भागेपछि अस्पताल व्यवस्थापन तथा परिवारजनमा तनाव उत्पन्न भएको थियो ।

बिहान अस्पतालबाट भागेको उनी दाङको भालुवाङमा रहेको आफन्तको घरमा पुगेको उनका आफन्तले बताएका छन् । अस्पतालबाट शौच गर्नका लागि जाने बहाना बनाएर फरार रहेका ५५ वर्षीय पुरुष सार्वजनिक सवारी बस चढेरै भालुवाङ पुगेका हुन् ।

निमोनियाका रोगी बुटवलका ५५ वर्षीय पुरुष लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि गएकोमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आईसीयू कक्षमा भर्ना भएका उनी दाङ पुगेपछि आफन्तलाई खबर गरेका थिए । बुटवल स्थायी बसोबास भएका ५५ वर्षीय ती पुरुष के कति कारणले दाङ पुगे भन्ने विषय प्रष्ट भएको छैन ।

उनी पुस ८ गते आईसीयूमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नरहेको डा. सुदर्शन थापाले जानकारी दिए ।

आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि….


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर