६१३ संक्रमित थपिए, पाँचको मृत्यु – Nepal Press

६१३ संक्रमित थपिए, पाँचको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ५ हजार ५१० नमुनाको पीसीआर परीक्षण गर्दा ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ३३८ जना छन् ।

यस्तै आज ७३९जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४७ हजार ४०० पुगेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *