प्रचण्डसहित त्रय नेता बल्खुमा, मदनको सालिक अघि उभिएर खाए कसम (फोटो फिचर) – Nepal Press

प्रचण्डसहित त्रय नेता बल्खुमा, मदनको सालिक अघि उभिएर खाए कसम (फोटो फिचर)

काठमाडौं । विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बबरमहलबाट सीधै मदननगर बल्खु पुगेका छन् ।

तत्कालीन एमालेको पार्टी कार्यालय रहेको स्थानमा अवस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरी त्रय नेताले पार्टीलाई एकढिक्का बनाएर लैजाने कसम खाएका छन् ।

अध्यक्ष प्रचण्डले आफू पार्टीमा विगतको गल्ती दाेहोर्‍याउने पक्षमा नरहेको भन्दै एकताबद्ध बनाएर अघि बढ्ने बताए । अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबाट यति हदको अलोकतान्त्रिक र निकृष्ट व्यवहार होला भन्ने आफूहरुले कहिल्यै नसोचेको भन्दै अब दृढतापूर्वक अघि बढ्ने बताए ।

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली अहिलेसम्म कम्युनिष्ट नै बन्न नसकेको अनुभूत भएको बताएका थिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डसहित त्रय नेता बल्खुमा, मदनको सालिक अघि उभिएर खाए कसम (फोटो फिचर)

  1. नेपालमा वामपन्थीहरूलाई विभाजित गरि कमजोर बनाउन प्रचण्डमाथि त लोकतन्त्रवादीलाई कमजोर बनाउन देउवामाथि लगानी भइरहेको छ, अहिले आएर यो प्रमाणित हुँदैछ।तर आफूलाई वामपन्थी र लोकतन्त्रवादी हुँ भन्नेहरू नै प्रचण्ड र देउवाको पछि किन लाग्छन्? हामी नेपालीका लागि मुख्य चासो हुनुपर्ने होइन र?

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर