लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी देख्दै चाल पाइयो (भिडियो) – Nepal Press

लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी देख्दै चाल पाइयो (भिडियो)

‘छचण्डाएर नहिड्नुस, हामीले कसैलाई हटाएको छैन, फर्केर आउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।

बालुवाटारमा जारी आफू नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अध्यक्षबाट निकाल्नु भनेको चेस खेल्ने खेलाडीले हात्ती खाएँ भनेजस्तै हुने बताए ।

बैठकमा ओलीले भने– हाम्रो भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाइयो । संविधान बनाएबापत नाकाबन्दी लाग्यो । नाकाबन्दीको सामना गरेबापत मलाई घेराबन्दीमा पारिएको थियो ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य कसे । उनले प्रचण्ड पक्षका नेताहरुलाई छचन्डाएर हिंड्नुको साटो आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए ।

ओलीले भने– जसले न त कहिल्यै आन्दोलनमा भाग लियो न त जनयुद्ध नै लड्यो । लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर ? खुट्टी हेर्दै चाल पाइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर