नेकपामा ओहोर दोहोर तीव्र, शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए – Nepal Press

नेकपामा ओहोर दोहोर तीव्र, शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए

काठमाडौं । नेकपा विभाजनसँगै नेताहरुले गुट हेरफेर गर्ने क्रम पनि तीव्र भएको छ ।

कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ बालुवाटार फर्के लगत्तै सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरवहादुर तामाङ प्रचण्ड माधव पक्षमा लागेका छन् ।

तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने भएका छन् । उनकी पत्नी उषाकला राईले ओली पक्षले गरेको मनोनयन अस्वीकार गरेकी थिइन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।

तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “नेकपामा ओहोर दोहोर तीव्र, शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए

  1. बेइज्जत गरेर मन्त्री बाट धपाइएका शेर बहादुर तामाङ शेर नै रहेछन!निर्दोष मन्त्री रुदै मन्त्रालय छोडेर गएको कसरी आफ्नो अपमान भुल्नु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर