प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन – Nepal Press

प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन

काठामाडौं । बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई बैठकले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । नेपाल प्रचण्डपछिको दोस्रो वरियतामा रहनेछन् । यसअघि एमाले माओवादी एकीकरणका बेला ठूलो पार्टीको अध्यक्षको हैसियतमा केपी ओली पहिलो वरियताको अध्यक्ष बनेका थिए भने प्रचण्ड दोस्रो वरियतामा थिए ।

एकीकरणको बेला माधव नेपाललाई तेस्रो र झलनाथ खनाललाई चौथो वरियतामा राखिए पनि पछि खनाललाई दोस्रो वरियता दिइएको थियो । भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ ।

उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डपछिको वरियतासहित माधव नेपाल अध्यक्ष चयन

  1. कस्तो संयोग? दुई दुई ठाउँबाट हारेर सभासद अनि प्रधानमनन्त्री बन्ने र महाधिवेशनमा हारेर पनि पार्टीको अध्यक्ष बन्ने सौभाग्य कसैलाई प्राप्त हुन्छभने त्यो माधव कुमार नेपाललाई नै हुन्छ त्यों पनि प्रचण्डको नेतृत्वमा। भाग्यमानीको पुर्पुरो नै बलियो।

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर