बालुवाटार बैठकमा टोपबहादुर पहिलो वक्ता, प्रचण्डले अनैतिक काम गरेको आरोप – Nepal Press

बालुवाटार बैठकमा टोपबहादुर पहिलो वक्ता, प्रचण्डले अनैतिक काम गरेको आरोप

काठमाडौं । बालुवाटारमा जारी केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादीतर्फका नेता टोपबहादुर रायमाझीलाई पहिलो वक्ता बनाइएको छ ।

ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले संचालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमा सहभागीहरुलाई स्वागत गर्दै स्थायी कमिटी सदस्य रायमाझीले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने काम प्रचण्डले नै गरेको बताएका छन् । रायमाझीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– यस्तो संसारमा कही‌ पनि हुँदैन ।

आफ्नै अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने भन्ने पनि हुन्छ ? यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ ? त्यसैले हामीले प्रचण्डसँगको लामो सहकार्य छाड्न बाध्य भयौं ।


प्रतिक्रिया

2 thoughts on “बालुवाटार बैठकमा टोपबहादुर पहिलो वक्ता, प्रचण्डले अनैतिक काम गरेको आरोप

Leave a Reply to Som Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर