भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा – Nepal Press

भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् ।

आज बिहानै सfमाजिक सन्जालमार्फत थापाले ‘घोडा ब्यापार’ र फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा विगतको गलत अवधारणा सच्याएर भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनको विकल्पमा आफू सहमत भएको बताएका हुन् ।

उनले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने पनि बताए ।

दुई दिनअघि ट्वीटमार्फत उनले संविधान र प्रजातान्त्रिक मूल्य मान्यताविपरित प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णयको चर्को विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.