बालुवाटारबाट ओलीले भने- नेकपामा मेरो हस्ताक्षर विनाको कुनै निर्णय वैध हुँदैन – Nepal Press

बालुवाटारबाट ओलीले भने- नेकपामा मेरो हस्ताक्षर विनाको कुनै निर्णय वैध हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् ।
आफू निकट सांसदहरुको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अनुशासनको कारबाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने बताए ।
उनले आफ्नो हस्ताक्षर नभएको कुनै निर्णयले वैधता नपाउने भन्दै प्रचण्डले आफूलाई कारबाही गर्न नसक्ने बताएको बैठकमा सहभागी सांसद एलपी साँवा लिम्बूले बताए ।
ओलीको भनाइ थियो- खै कसले अनुशासनको कारबाही गर्ने रे भन्ने सुनें, प्रचण्डले मलाई के कारबाही गर्नु ? मैले उनको भन्दा १० वर्षअघि पार्टी सदस्यता लिएको हुँ ।
यस्ता कारबाही त सीपी र आरके मैनालीले मलाई २०२८ सालमा पनि गरेका थिए । तर, पछि प्रहरीले खोज्ने बेला मलाई नै पार्टीको कमाण्डर ठानेर खोज्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर