छक्कवहादुर लामा बालुवाटारमा, हस्ताक्षर दुरुपयोग भएको दावी – Nepal Press

छक्कवहादुर लामा बालुवाटारमा, हस्ताक्षर दुरुपयोग भएको दावी

काठमाडौं । बिघटित प्रतिनिधिसभाका सदस्य छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् ।

अर्कै प्रयोजनमा पहिलेनै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको बताएका हुन् ।

हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै जोडिएका थिए ।

पूर्व माओवादी नेता लामा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका सांसदहरुको भेलामा सहभागी हुन पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर