त्रिविका शिक्षकले हिउँदे बिदा नपाउने – Nepal Press

त्रिविका शिक्षकले हिउँदे बिदा नपाउने

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि पठनपाठन प्रभावित भएकाले त्रिभुवन विश्वबिद्यालयले यस वर्ष आफ्ना शिक्षकलाई हिउँदे बिदा नदिने भएको छ ।

त्रिवि कार्यकारी परिषदको निर्णयअनुसार कोरोनाकालमा बैकल्पिक बिधिबाट भए पनि कक्षा तथा परीक्षा सन्चालनको अनिवार्यतालाई मध्यनजर गरी हिउँदे बिदा रद्द गरिएको जानकारी त्रिवि रजिस्टार कार्यालयले गराएको छ ।

कोरोना महामारीको जोखिम बढेसँगै चैत दोस्रो साता देशव्यापी लकडाउन लागू गरिएयता देशभरका बिद्यालय, विश्वबिद्यालयमा पठकपाठन भएको छैन । केहिले बैकल्पिक रुपमा अनलाइन कक्षा सन्चालन गरेका छन् ।

त्रिविले यसअघि नै बैकल्पिक बिधिको प्रयोग गरी कक्षा सन्चालनको व्यवस्था गर्न सम्पूर्ण आंगिक र सम्बन्धनप्राप्त क्याम्पसलाई पत्राचार गरिसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर