कांग्रेस र राप्रपाको निष्कर्षः प्रधानमन्त्रीकाे कदम असंवैधानिक र अलोकतान्त्रिक – Nepal Press

कांग्रेस र राप्रपाको निष्कर्षः प्रधानमन्त्रीकाे कदम असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं । नेपाली कांग्रेस र राप्रपाले संसद विघटन गर्नुलाई प्रधानमन्त्रीको केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले चारबुँदे निर्णयसहित जनादेशको अपमान गरेको निष्कर्ष निकालेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला घटनाक्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्ल र लोकतान्त्रिक मान्यता विपरीत कार्यहरूको शृङ्खलाको निरन्तरता हो ।’

कांग्रेसले सभापति देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरूसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सरकारले गरेको संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक भएका ठहर गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार बसेको कार्य व्यवस्थापन समितिको बैठकले सरकारको कदमविरुद्ध संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर