प्रचण्ड–माधव पक्षको बैठकः ओलीलाई अनुशासनको कारबाही गर्ने – Nepal Press

प्रचण्ड–माधव पक्षको बैठकः ओलीलाई अनुशासनको कारबाही गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको भुसालले बताए । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने उनले जानकारी दिए । त्यस्तै सोही बैठकले पूर्वसभामुख कृष्णवहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

प्रचण्ड माधव नेपाल पक्षका सांसदहरुको बैठक भोलि बस्ने र भोलिनै स्थायी कमिटीको बैठक पनि बस्ने भुसालले बताए । आजको बैठकमा २५ जना सदस्य सहभागी भएको उनले दावी गरे । बैठकमा उपाध्यक्ष बामदेव गौतम भने उपस्थित थिएनन् ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड–माधव पक्षको बैठकः ओलीलाई अनुशासनको कारबाही गर्ने

Leave a Reply to Parbriz PEUGEOT PARTNER ORIGIN Combispace 5F 2012 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर