कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी – Nepal Press

कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच सरकारविरुद्ध संघर्ष गर्नेबारेमा मिलेर जाने समझदारी भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस र जसपाका नेताहरुबीच शनिबार भएको छलफलपछि उक्त समझदारी भएको हो । कांग्रेस र जसपाबीच मुख्य गरि दुई विषयमा मिलेर जाने समझदारी भएको छ ।

उनीहरुबीच संसद अधिवेशन तत्कालीन बोलाउन सरकारसँग मााग गर्ने, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को संक्रमण संक्रमण र आर्थिक संकटका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरुसँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको हो ।

जसपा नेताहरु महन्त ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महत्तो देउवा निवास पुगेका थिए।


प्रतिक्रिया

One thought on “कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर