राम र सीताको आरधना गरी विवाहपञ्चमी मनाइँदै – Nepal Press

राम र सीताको आरधना गरी विवाहपञ्चमी मनाइँदै

काठमाडौं । भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदैछ । त्रेता युगमा आजकै तिथिमा राम र सीताको विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीले हरेक वर्ष विवाह पञ्चमी मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज विधिपूर्वक राम–सीताको विवाह गर्दै विशेष उत्सव मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारी भाँचेपछि राम र सीताको विहे भएको मान्यता छ ।

विवाहपञ्चमीअन्तर्गत जनकपुरधाममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर