वैदेशिक रोजगारीका ठगी र भिजिट भिसाको छानबिन गर्न संसदीय उपसमिति – Nepal Press

वैदेशिक रोजगारीका ठगी र भिजिट भिसाको छानबिन गर्न संसदीय उपसमिति

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, कार्टेलिङ र भिजिट भिसिामा कामदार पठाउने सन्दर्भमा रहेका समस्याको छानबिन गर्न संसदीय समिति गठन भएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।

समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पाठउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।

समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । समितिले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विकृति, विसंगति, समस्या, ठगी र समग्र विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने समितिका संयोजक साँवाले बताए ।

समितिले वैदेशिक रोजगारीमा ठगिएको भनी समितिमा प्राप्त भएका निवेदनहरु सम्बन्धित निकायमा आवश्यक कारबाहीको लागि पठाउने र वैदेशिक रोजगारीमा निरन्तर भइरहेको ठगी नियन्त्रणका लागि समितिले सम्बन्धित निकायका पदाधिकारीलाई अर्को बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।

 


प्रतिक्रिया

One thought on “वैदेशिक रोजगारीका ठगी र भिजिट भिसाको छानबिन गर्न संसदीय उपसमिति

  1. सम्वन्धित निकायमा सोही अनुसार को अनुभव भएका ब्यक्तिलाई मनोनयन गरेको मा सरकारलाई धन्यवाद

Leave a Reply to Kedarnath adhikari Cancel reply

Your email address will not be published. Required fields are marked *