कांग्रेसको शीर्ष नेताहरुको बैठक आज १ बजे – Nepal Press

कांग्रेसको शीर्ष नेताहरुको बैठक आज १ बजे

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकन्ठमा हुनेछ ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रै प्रचण्ड माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

मंगलबार विहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ