काठमाडौंमा यस्तो रह्यो कांग्रेसको प्रदर्शन (फोटोफिचर) – Nepal Press

काठमाडौंमा यस्तो रह्यो कांग्रेसको प्रदर्शन (फोटोफिचर)

निशान्त सिंह गुरुङ्ग २०७७ मंसिर २९ गते २०:०५
२०७७ मंसिर २९ गते २०:०५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गयो । काठमाडौंमा रत्नपार्कस्थित शान्तिवाटिकामा कांग्रेसले विरोध सभा गरेको थियो । सो सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, डा. डिला संग्रौला, नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, नेविसंघ महामन्त्री मनोज वैद्यलगायतले सम्बोधन गरे । सभाअघि काठमाडौंका विभिन्न स्थानबाट कांग्रेस कार्यकर्ताहरुले सरकारविरोधी नारा लगाउँदै जुलुस प्रदर्शन गरेका थिए । काठमाडौंमा कांग्रेसले गरेको प्रदर्शनका केही तस्विरहरु।