कोरोना छल्दै पशुपतिमा छरियो शतबीज – Nepal Press

कोरोना छल्दै पशुपतिमा छरियो शतबीज

निशान्त सिंह गुरुङ्ग २०७७ मंसिर २८ गते ११:२९
२०७७ मंसिर २८ गते ११:२९

कोरोनाभाइरस महामारीको बाबजुद पनि भक्तजनले आइतबार पशुपतिको बनकालीमा शतबीज छरेका छन् । सामाजिक दूरी कायम गर्दै भक्तजनले बालचतुर्दशी पर्व मनाए । कोरोनाले गर्दा विगतमा जस्तो भक्तजनको भीड यसपटक देखिएन । आजको दिन मृत्युवरण गरेका पितृहरुको मोक्ष यात्राका लागि अत्यन्त पवित्र दिन मानिन्छ । काठमाडौंको पशुपतिनाथसहित आसपासका किराँतेश्वर, गौरीघाट, गुह्येश्वरी, आर्यघाटको तट, श्लेष्मान्तक बन लगायत म्याग्दीको गलेश्वर, पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वतको सेतीवेणी धाममा मेला लाग्ने गर्छ ।